गाेरखामा कांग्रेस गठबन्धन दलबाट बाहिरिने निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ११ २०७९
3.1K
SHARES

११ बैशाख गोरखा । नेपाली कांग्रेस गाेरखाले गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे छ । जिल्ला पार्टी कार्यलय गाेरखामा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे हाे । जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले पत्रकार सम्मेलन गर्दै सहमतिका लागि विभिन्न चरणमा बैठक बसेकाे भएपनि केही नेताका स्वार्थका कारण निर्णयमा पुग्न नसकेकाे बताए । तर, ती कुन नेताका स्वार्थ थिए उनले खुलाउन चाहेनन् ।

‘आठ पटक बैठक बसेका थियाैं’, पत्रकार सम्मेलनमा उनले भने ‘तर सहमति जुट्न सकेन, नितिगत रूपमा छलफल गरेर अघि बढेका थियाैं । हामी हदैसम्म लचिलो भएका थियौं ।’ ‘गठबन्धन जाेगिन्छ भने लचकता अपनाउन तयार भएकाे थियौँ,’ उनले भने ‘ हामी सत्तारूढ दल मात्रै नभएर जिल्लाको ठुलाे दल भएकाले पनि केही २०७४ कांग्रेस निर्वाचनमा

शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी (जसपा) लाई पालुङटार नगरपालिकासहित एक पालिकाकाे नेतृत्व दिने गरि निर्देशन दिएकाे थियाे ।

जसपलाई पालुङ्टार नगरपालिकाको मेयर दिएको कारणले पनि गठबन्धनमा केही नकारात्मक असर परेको खुलासा भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा जसपाको शून्य सिट पाएको थियो । र, अहिले दुई सिट दिने भएपछि काँग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएको थियो । तर अहिलेसम्म जसपा र माओवादी केन्द्रले चाहिँ कुनै औपचारिक रुपमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको छैन ।