टीकापुर न.पा. ६ नारायणपुरमा सन्तोष खड्काको घर दैलो तिब्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९
5.9K
SHARES

२७  वैशाख काठमाडौं ।  बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालीका वडा नं ६ नारायणपुरको वडा अध्यक्षमा सन्तोष खड्का (बाबू) राप्रपा बाट  उम्मेद्धारी दिए संगै आफ्नो घर दैलो लाई तिब्रता दियका छन्  । वडा अध्यक्षमा निवाचीत भएपछी आफुले  पाउने सेवा नलीने सो रकम राज्यको आखाँ पुग्न नसकेका नागरिकका लागि खर्च गर्ने ,युवा हरुलाई स्वदेशमै रोजगार मुलक उधमको गर्न वातावोरण  मिलाउने ,घरेलु कृषि उत्पादनलाई आधुनिक बनाऊने जस्ता लोकप्रिय नारा लियर जनताको घरदैलोमा गई रहेका खड्का नारयणपुरका  लोकप्रिय युवा हुन्  ।

स्कुल जिबन देखी नै राजनीतिमा सक्रिय खड्का गएको स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्षमा उम्मेदवारीको रुपमा प्रस्तुत भएका थिए । त्यसबेला पार्टीको नेतृत्व तहले आगामी निर्वाचनमा टिकट दिने भनेर समेत बाचा गरेकोले  यसपटक वडा अध्यक्षमा खड्का बलिया प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

राजनीत संगै समाज सेवा मा पनि नारायणपुर बाशीले खड्कालाई पाउदै आयका छन्   ईमानदार,क्षमतावान नेतृत्वको रुपमा छवि बनाएका खड्का समाजसेविको रुपमा समेत परिचीत छन ।समाजसेवामा अब्बल खड्का युवा सहित आम नागरिकमा लोकप्रिय रहेका छन् ।खड्कालाई  वडा अध्यक्षको जिम्मेवारी दिनुपर्नेमा सचेत नागरिकको माग रहेको छ।

सहकारी विषयगत समितिको विज्ञ खड्का यूवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्य, टीकापुर जेसिसका कार्यकारिणी उपाध्यक्ष र टीकापुर उघोग बाणिज्य संधका सदस्य समेत रहेका छन् । देश बिकाशको लागि सबैभन्दा पहिले तल्लो तह टोल, वडा भएमात्र सिङ्गो देश बिकास हुने हुनाले   बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्बाचनमा  वडा अध्यक्षका आफु  उम्मेदवार बनेको  सन्तोष खड्का(बाबू)ले बताए।