बारपाक-सुलिकोटको अध्यक्षमा बिष्णु भट्ट माओवादीबाट निर्वाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
6.5K
SHARES

२ जेठ काठमाडौ । बारपाक-सुलिकाेट गाउँपालिकाकाे अध्यक्षमा बिष्णुप्रसाद भट्ट निर्वाचित भएका छन् । शनिबारबाट सुरू भएकाे मतगणनामा उनले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेलाई दाेस्राेपटक पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका भट्टले ५ हजार १९८ मतसाथ विजयी गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका घलेले ४ हजार २८४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सनमाया गुरूङ दाेस्राे पटक निर्वािचित भएकी छिन् । उनले कांग्रेसकी उम्मेदवार लेखमाया रानालाई हराउँदैं दाेस्राे कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।