भरतपुरमा १२ हजार मत गन्दा दुईबीच कडा टक्कर


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
5.7K
SHARES

२ जेठ चितवन । सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उमेदवार रेनु दाहाल र नेकपा (एमाले)का उमेदवार विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।

हिजोसम्म दाहालको अग्रता थियो । आजदेखि सुवेदीले अग्रता लिइरहेका छन् ।

१२ हजार १६२ मत गन्दा एमालेका सुवेदीले चार हजार १८२ मत पाएका छन् । दाहालले चार हजार १४७ मत ल्याएकी छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् ।