एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो – सांसद भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
3.8K
SHARES

५ जेठ काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको जिकिर गरे ।  उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए ।

कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए । सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।

नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासीले परिक्षण गर्न खोजेको उनको तर्क छ । उनले लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टी भित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न नमिल्ने बताए ।