विप्लव समुहको उम्मेदार वडा अध्यक्षमा विजयी


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
8.4K
SHARES

७ जेठ काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा जाने/नजाने नीति लिएर सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरे।

चुनावमा उत्साहित हुँदै गएको विप्लव समूह भने एक वडा अध्यक्षसहित चार वडा सदस्यमा मात्रै सिमित भएको छ। रोल्पाका ९ स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित अधिकाश वडामा उम्मेदवारी दिएको थियो। अरु लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका अधिकाश जिल्लामा उम्मेदवारी दिएका थिए। तर, अन्तिममा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ अध्यक्ष मानबहादुर सहकारीले मात्रै जितेका छन्।