यस्तो छ रेनु र विजयको अवस्था


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
4.1K
SHARES

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ९६ हजार ३११ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ८ हजार २९५ मतान्तरले अग्रता लिएकी छन् ।

उनले ३७ हजार ९२८ मत प्राप्त गरेकी छन् ।  नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २९ हजार ६३३ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार १२१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेकी छन् ।  अहिले २१ र २२ नम्बर वडाको मतग णना जारी छ ।