भरतपुरमा १ लाख १३ हजार मतगणना : यस्तो छ रेनुको अवस्था
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ९ २०७९
8K
SHARES
९ जेठ चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन् ।
एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् ।
राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट