मूल्यवृद्धि फिर्ता गर, नत्र विस्फोट होला – डा. भट्टराई
९ जेठ काठमाडौ । आज पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन् ।
सरकारले आइतबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिपछि सामाजिक सञ्जालमा सरकारप्रति जनआक्रोश छ ।
पूर्वप्रधानमन्त्री डा.भट्टराईले जनभावनाविपरित गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै सोमबार ट्वीटरमा भनेका छन्, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मार आमजनता र अतिविपन्नमा झन् बढी पर्ने भएकाले यसलाई सरकारले विभिन्न विधि प्रयोग गरेर तुरून्त नियन्त्रण गर्नैपर्छ ।’
डा.भट्टराईले कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च/चुहावट/भ्रष्टाचार रोक्ने, उपभोग घटाउने र वैकल्पिक ऊर्जा प्रयोग गरिनुपर्ने बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध जनताको आवाज विस्फोट हुन सक्ने बताएका छन् ।