यस कारण भरतपुरको मतगणना अवरुद्ध


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
3.3K
SHARES

९ जेठ काठमाडौ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् ।

मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेकालाई नछाडेसम्म मतगणना गर्न नदिने अडानमा एमाले रहेको चितवनस्थित मतगणना स्थलबाट रातोपाटीकर्मी गणेश दुलालले जनाएका छन् । भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छन् ।