स्थापितको हार निश्चित भएपछि रश्मिलाले दिइन् यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
11.6K
SHARES

११ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितमाथि यौन दुराचारको आरोप लगाएकी रश्मिला प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको छ । काठमाडौं महानगरको प्रमुखमा स्थापितको हार पक्का भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको हो । काठमाडौं निकै सचेत भएको बताउँदै उहाँले यसले आफूमाथि हस्तक्षेप भएको नसहने बताउनुभयो ।

स्थापितको हारलाई उहाँले काठमाडौंको मतदाताको विवेक र दुर्व्यवहारविरुद्धको दरिलो आन्दोलनको रुपमा लिनुभएको छ । २५ वर्षपछि काठमाडौं महानगरपालिका परिवर्तनउन्मुख भएको बताउँदै उहाँले मेयरमा विजयीउन्मुख स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिनुभएको छ ।

२५ वर्षअघि मेयर हुँदा केशव स्थापितले आफूलाई यौन दुराचार गरेको र यौनसम्बन्धको प्रस्ताव नमान्दा जागिरबाट निकालेको आरोप लगाउँदै आउनुभएको छ ।