मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए ।अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।
उनीहरुलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । ‘यो समावेशिताले हामीलाई खुसी तुल्याएको छ । सम्मानित पेशाबाट युवतीको प्रतिस्पर्धाले पेजेन्टलाई राम्रो हुने हुने विश्वास छ,’ राजकर्णिकारले अनलाइनखबरलाई भने ।