काठमाडौंको मौसम खराब हुँदा विमान भारत तर्फ डाइभर्ट


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
1.9K
SHARES

२५ जेठ काठमाडौं ।  काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि भारतको दिल्ली फर्किएका छन् । विमान स्थलका अनुसार विमानस्थलको मौसम खराब भएपछिि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गरेको बताएको छ ।

बुधबार देउसो अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो । नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयर भारत तर्फ नै डाइभर्ट भएको हुन । भिस्तारा जहाज लखनउ र  इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएका छन् ।