अभिनेत्री नीता ढुंगानाले कसिन् लगनगाँठो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २४ २०७९
4.3K
SHARES

२४ असार काठमाडौं । अभिनेत्री नीता ढुंगानाले लगनगाँठो कसेकी छन् । नीता प्रेमी अभिनेता तथा ज्योतिषी हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

हरिहर र नीता पछिल्लो चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । नीता र हरिहरको शुक्रबार (असार २४) गते हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा विवाह भएको हो ।