हत्यै बढ्यो कोरोना , कति पुग्यो आज ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन २ २०७९
3.4K
SHARES
२ साउन काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १६३, भक्तपुरमा १० र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ११३ पुगेको छ ।
आज देशभर रहेका एकहजार ७७६ जना सक्रिय संक्रमितमध्ये एकहजार ७०१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट