मिस युनिभर्स नेपालमा डाक्टर सुन्दरी !
६ साउन काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाइन अडिसनबाट चयन भएका हुन् ।
यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छिन्,‘एउटा डाक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु,’ उनले भनिन् ।
नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलो पटक नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिइन् । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफू मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताएकी छिन् ।
मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाइनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्यसहित आफू प्रस्तुत हुने आयुष्नोभाको भनाइ छ।