राज ‘छक्का पञ्जा ४’ मा हिरो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १० २०७९
6.7K
SHARES
१० साउन काठमाडौं । चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् ।
हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् । सिरियलपछि फिल्ममा पनि दीपक दीपासँग काम गर्ने अवसर जुरेकोमा राजले खुसी व्यक्त गरे । ‘केही अगाडि एकसाथ काम गर्ने कुरो भएको थियो’ राजले भने ‘‘छक्का पञ्जा ४’ बाट सो अवसर जुर्यो । साह्रै खुशी छु ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट