‘माग्नेबुढा’ले मागे माफी


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
3.9K
SHARES

१६ साउन काठमाडौ । ‘कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् । कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।

‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले अगाडि लेखेका छन् ‘अन्जान मै  हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’

यससम्बन्धी कन्टेन्ट युट्युब, टिकटक र फेसबुकलगायतबाट हटाइसकेको उनको भनाइ छ। कमेडी श्रृंखला ‘कमेडी हब’ मार्फत भगवान शिवको अपमान गरेको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन् ।