बलिउड अभिनेता हर्षवर्धनलाई अँगालो हाल्दै रोए युवती
१७ साउन काठमाडौं । केही दिनदेखि नेपालमा रहेका भारतीय अभिनेता हर्षवर्धन राणेको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । एक विवाह समारोहमा सहभागी हुन केही दिन अगाडि नेपाल आएका उनी विवाहको रिसेप्सनमा पार्टीमा नेपाली गति ‘साइँली रे साइँली रे’ मा समेत नाचेका छन् ।
सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’ बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी अभिनित फिल्म ‘सनम तेरी कसम’ अहिले नेपालको यूट्युब ट्रेन्डिङका पनि छ ।
हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनी छिट्टै फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिदैछन् ।