अर्थमन्त्री शर्माको पहलमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार, यी हुन् सुधारका मुख्य सूचकहरू
२० साउन काठमाडौं । अर्थमन्त्रीमा पुनर्बहाली भएसँगै जनार्दन शर्माले देशको बिग्रँदो अर्थतन्त्र सुधारका लागि आफू लागिपर्ने बताएका छन्। आइतबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार र चालु आर्थिक वर्षको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका हुन्।
अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन गर्न बजेट ल्याएको भन्दै त्यसको कार्यान्वयन गर्न जोड दिए। मन्त्री शर्माले बजेट कार्यान्वयन र विश्व अर्थतन्त्रमा देखिएको समयमा नेपाली अर्थतन्त्रलाई सबलीकरणतर्फ काम गर्नुपर्ने बताएका हुन्।
अर्थमन्त्री शर्माको पहलमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार, यस्ता छन् सुधारका मुख्य सूचकहरू
१.आर्थिक वृद्धिदर ४.२५५ बाट वृद्धि भएर ५.८४५ पुगेको छ।
२.कूल गार्हस्थ्य उत्पादन (GDP) ४२ खर्बबाट बढेर ४८ खर्ब पुगेको छ।
३.प्रतिव्यक्ति आय (PCI) १२४६ अमेरिकी डलरबाट बढेर १३८१ अमेरिकी डलर पुगेको छ।
४.वैदेशिक व्यापार १६८० अर्बबाट विस्तार भएर २१२० अर्ब पुगेको छ।
५.निर्यात १४१ अर्बबाट बढेर २०० अर्ब पुगेको छ।
६.रेमिट्यान्स ८७१ अर्बबाट बढेर ९०४ अर्ब पुगेको छ।
७.राजस्व संकलन ९७८ अर्बबाट बढेर १११६ अर्ब पुगेको छ।
८.सार्वजनिक खर्चको आकार ११८० अर्बबाट बढेर १२९६ अर्ब पुगेको छ।
९.विदेशी मुद्रा संचिति ६.७३ महिनाको वस्तु तथा सेवा आयात ९९.४५ अर्ब अमेरिकी डलर) धान्नको लागि पर्याप्त छ।