थप ५ सय ५३ जनामा कोरोना पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
1.8K
SHARES

२२  साउन काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ स्वाब परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये आरटी पिसिआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०२ जनामा संक्रमण पाइएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । देशभरबाट ४३३ जना निको भएको मन्त्रालयले जनाएको छ। देशमा हाल ५ हजार ६५९ सक्रिय संक्रमित रहेका छन्।