निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
3.8K
SHARES

५ भदौ काठमाडौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ । १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।