यी हुन् ४५ दिनमा अर्थ मन्त्रालयले गरेका महत्त्वपूर्ण ५० काम (विवरणसहित)
१६ भदौ काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष सुरु भएको ४५ दिनमा महत्त्वपूर्ण ५० काम सम्पन्न गरेको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा मन्त्रालय अन्तरगतका विभिन्न काममा अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा मन्त्रालयले विशेष सक्रियता देखाएको हो।
यो बीचमा संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्थापन गरिसकिएको मन्त्रालयले जनाएको छ। यस्तै, बजेट कार्यान्वयन, मुख्यमुख्य राय तथा सहमति, वित्तीय क्षेत्र व्यवस्थान, राजस्व व्यवस्थापन, बैदेशिक सहायता व्यवस्थापन, कोष तथा लेखाप्रणाली व्यवस्थापन तथा अन्य विभिन्न क्षेत्रमा काम भएका छन्।
यी हुन् मन्त्रालयले ४५ दिनमा गरेका कामको विवरण: