थपिए २६९ कोरोना संक्रमित, एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
3.1K
SHARES

१६ भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन  हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

त्यस्तै आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।