आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
4.6K
SHARES

१७ भदौ काठमाडौ । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।  आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।