चुनावको मुखमा धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.8K
SHARES

२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले चुनावको मुखमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज (आइतवार) एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।

अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डले सूचना निकालेको हो ।

प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने बोर्डले जनाएको छ ।

हेर्नुस् सूचना :