सानको अध्यक्षमा डाक्टर अमिर


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
2.7K
SHARES

२९ माघ काठमाडौ । साेसाइटी अफ एनेथेसियाेलजिट्स अफ नेपालको अध्यक्षमा प्रसुतिगृहका वरिष्ठ एनेस्थेटिस्ट प्रोफेसर डाक्टर अमिर बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।

अध्यक्ष ,प्रेसिडेन्ट इलेक्ट,महासचिव ,सहसचिव , काेषाध्यक्ष ,सह काेषाध्यक्ष र ७ जना सदस्यमा एकल मनाेनयन परेको हुदा सबै जना निर्विरोध निर्वाचित भएका हुन।यसैगरी सानको प्रेसिडेन्ट इलेक्टमा डाक्टर अनिल श्रेष्ठ ,महासचिवमा डाक्टर बासुदेव पराजुली ,सहसचिवमा डाक्टर संदिप भण्डारी ,काेषाध्यक्षमा डाक्टर पुजा थाप,सहकाेषाध्यक्षमा डाक निनादिनी श्रेष्ठ र सदस्य हरुमा डाक्टर तारा गुरुङ ,डाक्टर अमित शर्मा भट्टराई ,डाक्टर सुरज लामिछाने ,डाक्टर रुपेश कुमार गामो,डाक्टर प्रकृति पोख्रेल निर्विरोध निर्वाचित भएका हुन।