सरकारमा जानेबारे यस्तो निर्णय गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ७ २०७९
2.9K
SHARES
७ चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र संघ र प्रदेश सरकार गठन प्रक्रियाका विषयमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट यस्तो कार्यदल बनाइएको हो । कार्यदलले प्रदेश र संघीय सरकारमा पार्टीको भूमिकाका विषयमा अरू दलहरूसँगको छलफलबाट आवश्यक निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट