प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
4.8K
SHARES

३ वैशाख काठमाडौं । प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार कम भिजिविलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरु डिले हुने समस्या छ ।

आइतबार बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम हुँदा उडानहरु प्रभावित बनेका हुन् । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य भइरहेका छन् ।