आज मेयर बालेनविरुद्धको रिटमा सुनुवाइ हुदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०
1.7K
SHARES

५ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।