अर्थतन्त्रमा गम्भीर संकट छैन – गृहमन्त्री श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०
2.3K
SHARES

८ वैशाख काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन् ।

उनले सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । “सरकार अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित छ,” उनले भने ।

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए ।