पाल्पामा दुर्घटना, विस्तृत विवरण आउन बाँकी


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०
1.7K
SHARES

१० वैशाख  काठमाडौं । पाल्पामा बस दुर्घटना भएको छ। बुटवलबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट खसेको हो। बस करिब २ सय मिटर तल खसेको छ। बसमा ३० जनाजति यात्रु रहेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ।

अहिले घाइतेहरूको उद्धार भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय (बुटवल) का डीएसपी मोहन खाणले बताए।