साइकल चढेर गएका पुष्कर शाहलाई रास्वपा कार्यालय छिर्न दिइएन


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
1.6K
SHARES

१८  बैशाख काठमाडौं।विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा प्रवेश नपाएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भनेर पालेले भनेपछि आफू घर फर्किएको बताएका छन्। उनले आफू सांसद तथा पार्टी उपाध्यक्ष डीपी अर्यालको निमन्त्रणामा पार्टी कार्यालय बसुन्धारा पुगेको बताएका छन्।

तर पालेले साइकललाई घण्टीघर भित्र प्रवेश छैन भनेपछि आफूले सांसद अर्याललाई फोन गरेको तर फोन नउठेको उनले गुनासो गरेका छन्। सांसद अर्यालको फोन नउठेपछि थोत्रो कोट भिजाउँदै आफू घर फर्किएको उनले बताएका छन्।

‘पालेज्यूले साइकललाई घन्टीघर भित्र प्रवेश छैन भन्नुभो, भित्र मोटरसाइकल चै छिर्न दिइएको रैछ, मैले त्योबारे प्रश्न गरेँ,’ उनले भनेका छन्, ‘पालेले गाडी र मोटर साइकल त पाउँछ भने। पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ।’ उनले अगाडि लेखेका छन्, ‘माननीय डीपी अर्याललाई फोन गरेँ, फोन उठेन। थोत्रो कोट भिजाउँदै घर फर्केँ।’