पुल भासियो, पृथ्वी राजमार्ग दुईतर्फी बन्द


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
2.2K
SHARES

१८ वैशाख काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ । पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको छ ।

वर्षापछि गणेशखोलामाथिको पुल भासिएको हो । त्यससँगै सोमबार दिउँसोदेखि राजमार्ग बन्द भएको छ ।राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।