सन्राइज बैंकको २ शाखा रहित बैंकङ्ग सेवाबिस्तार
२१ वैशाख काठमाडौं । सन्राइज बैंक लिमिटेडले बैंकङ्ग पहुचनपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकङ्ग सेवाबिस्तार गर्दै आएको छ । सोहीक्रममावैशाख १५ शुक्रबार बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतकञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५देवलदिव्यपुरमा १०२ औंशाखारहित बंैकिङ्ग सेवाशुभारम्भ गरेको थियो ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमाआएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनकालागी कृष्णपुरका श्री करम सिंह रानार देवलदिव्यपुरका श्री नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।सो शाखारहित बैंकङ्ग बाट निक्षेप संकलन, रकमभुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदानगर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९वटा शाखा,१३ वटा एक्सटेन्सन काउण्टर,१६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवाप्रदानगर्दै आइरहेको छ ।