एमालेको सचिवालय बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २२ २०८०
3.6K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ ।  बैठक वैशाख २६ गतेका लागि तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा नै बस्नेछ ।

त्यस्तै, वैशाख २५ गतेका लागि केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ । एमालेले यही वैशाख २९–३१ गते झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी र समसामयिक विषयमा छलफल हुने अधिकारीले जानकारी दिए ।

“केन्द्रीय कमिटी बैठकको तयारी र समसमायिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो,” उनले भने । केन्द्रीय कमिटी बैठकमा ग्रास रुट अभियानको समीक्षा गर्ने एमालेको तयारी छ ।