आज सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०
2.1K
SHARES

८ जेठ  काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार कारोबार भएकै भाउ आज पनि कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।    महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ९ हजा पाँच सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।