कांग्रेस आलोचनादेखि डराउँदैन :सभापति देउवा
१३ जेठ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनले तर्क गरे ।कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताए ।
‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले’ उनले भने ।