सन्राइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम संचालन
१७ जेठ काठमाडौ ।सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मादुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीयतहमा सुुहाउदो कृषिव्यवसाय सम्बन्धीतालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानीवृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदानगर्ने उद्देश्य साथजेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सो आयोजित कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर २ काकार्यवहाक वडा अध्यक्ष श्रीगज बहादुर बुढा, विशिष्ट अतिथी सन्राइज बैंक कर्णाली प्रदेशका प्रमुखश्री धर्म कुमार विष्ट, बैंकका प्रधानकार्यलयका कृषिक र्जाशाखा अधिकृत श्री सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख श्री सुस्मागिरीको उपस्थिति रहेको थियो ।
५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ श्री तर्क राजजोशीले गर्नु भएको थियो। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।सिपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध दार्थको उत्पादन बृध्दि, त्यसको बजारीकरण र बचतकाबारेमा ज्ञान प्रदानभएको रयसले उनीहरुको व्यवसायिक क्षमता माबृध्दि गर्ने बैंकले विश्वास लिएको छ ।