वामदेवजीको सदस्यता एमालेमै छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २४ २०८०
3.8K
SHARES

२४ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा वामदेव गौतमको पार्टी सदस्यता एमालेमै भएको बताएका छन् ।वामदेव गौतमले ७० वर्षे उदेरहद निलम्बन मात्रै हो हट्नुपर्थ्यो यो हटेर अध्यक्षले भन्नुभयो भने एमालेमा जान्छु । मेरो सदस्यता त्यहीँको छ भन्नुभएको छ ? भन्ने प्रश्नमा उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो । अनि कुरा बाँकी छ केही । थप कुरा ।’

उनले नेता गौतमले पार्टी खोलेको नभएर एकता अभियान मात्रै चलाएको बताए ।उहाँलाई पार्टीमा भित्र्याउनुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘ठीक छ उहाँको पार्टी सदस्य एमालेमै छ ।’

२०७८ भदौमा एमालेबाट अलग भएका गौतम पार्टीमा फर्किने ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए । शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाइसकेको छ। उनले ७० वर्षे उमेरहद हटाए आफ्नै घर भएकाले एमालेमै फर्किने बताइसकेका छन् ।