धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्काइयो
२३ जेठ काठमाडौँ । मंगलबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि यतै फिर्ता आएको छ।‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको बताए।
‘जहाजको प्रेसराइजेसन फेलियर भएको हो,’ सिटौलाले भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो।’ उनले जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको जानकारी दिए।