भारतीय संसद्‍मा राखिएको नक्साबारे दिल्लीमा कुरा उठाएँ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २४ २०८०
2.1K
SHARES

२४ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नयाँ संसद्‍मा राखिएको अखण्ड भारतसम्बन्धी नक्साबारे आफूले कुरा उठाएको बताएका छन्।

‘भारतीय संसद्‍मा राखिएको नयाँ नक्साबारे कुरा भएको छ। मैले धेरै अध्ययन नगरे पनि नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट राखेको छु’, उनले भने, ‘तर भारतीय पक्षले जवाफमा यो कुनै राजनीतिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक कोणबाट नहेरौँ भन्ने जवाफ आएको छ।’ उनले आफूले यसबारेमा भारतीय पक्षमा कुरा राखेको जवाफ यसअघि नै प्रतिनिधिसभामा पनि दिइसकेको बताएका छन्।