बामदेव गौतम एमाले प्रवेश गर्दै
२५ जेठ काठमाडौँ । कम्युनिष्ट नेता वामदेव गौतमले केपी ओलीले बोलाए आफू एमालेमा जान तयार रहेको बताएका छन् । एमालेले ७० वर्षको उमेर हद हटाउने निर्णय गरे लगत्तै आफूहरुले नै निर्माण गरेको एमालेप्रति आफ्नो माया रहेको भन्दै उनी एमालेमा जान चाहेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको प्रतिकृया दिएका छन् । गौतमले श्रीमती तुलसा थापा मार्फत एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने समेत बताएका छन् ।
एमालेले हिजो मात्रै पार्टीमा ७० वर्षे उमेर हद हटाएको थियो । वामदेव गौतम ७० वर्ष माथिका रहेकाले उनले सो उमेर हद हटाउन माग गर्दै आएका थिए ।