धरानमा पानी पुर्याउँदा खुसीले रोए मेयर हर्क साम्पाङ
३० जेठ काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अथक प्रयास र मेहनतमा धरानमा कोकाहा नदिको पानी पुगेको छ।सोमबार राति पानी धरान पुर्याएका साम्पाङले स्थानीयलाई सो पानीले नुहाउने कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन्।
उनले सामाजिक संजालमार्फत धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेऊ पकुवा खोलामा आउन अनुरोध गरेका छन्।
लामो प्रयासपछि कोकाहा नदिको पानी धरान आइपुगेको हो। पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिए। उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ।