पशुपतिको सुन चोर भनियो, जोख्दा नपुगे मृत्युदण्ड भोग्छु – सदस्य सचिव


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०
2.7K
SHARES

३० जेठ काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउदा सुन गायव गरेको भए आफु जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन् ।डसिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफुलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका हुन् ।

संसदीय समितिमा निकै भाबुक भएर प्रस्तुत भएका सदस्य सचिव थापाले यस बिषयमा न्याय माग्न आत्म–हत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसंगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गरे । पशुपतिमा सुनको जलहरी लगाउदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको उनले बताए ।

अदालतबाट सुनको जलहरी हाल्न हुदैन भनेर प्रदेश सांसद नरोतम बैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दावी गरे । उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए ।