प्रियंकाकी सासु रविना विवाह बन्धनमा बाँधिदै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
4.8K
SHARES

३ असार काठमाडौं । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठाे कस्न आटेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन् । रविनाको मेहेन्दी समारोह भने सम्पन्न भइसकेको छ।

तर अहिलेसम्म उनी लगायत उनको परिवारका कोही पनि सदस्यले उनको मेहेन्दी समारोहको तस्बिर सार्वजनिक भने गरेका छैनन्। मेहेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियाे बाहिरिएपछि उनले विवाह गर्न लागेको पुष्टि भएको हो। मेहेन्दी समाराेहमै रविनाले प्रेमीलाई चुम्बन गरेकी छन् । २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । उनको इन्गेजमेन्टमा उपस्थित छोरा आयुषमान र बुहारी प्रियंकाले उनलाई बधाई समेत दिएका थिए ।

प्रेम सम्बन्ध सार्वजनिक गरेपछि रविना केही दिन प्रेमीसँग बेलायत बस्न गइन् । केही दिन बेलायत बसेर उनी नेपाल फर्केकी हुन् । सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।