बाढीमा परेर सङ्खुवासभामा १६ जना बेपत्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
1.9K
SHARES

३ असार काठमाण्डौ । गएराति आएको बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् ।  हेवाखेलामा गएराति आएको बाढीका कारण हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले हाइड्रोपावरको चार पाँच वटा घर बगाएको छ । त्यही घरमा सुतिरहेका मजदुरहरु बाढीमा परेका हुन् ।

हेवा खोलामा अहिले पनि बाढी आइरहेको र पानी समेत परिरहेकाले बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।