पारस शाह अस्पताल भर्ना, भेट्न पुगे ज्ञानेन्द्र


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १५ २०८०
2.5K
SHARES

१५ भदौ काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए ।