नेपाल पर्यटन बोर्डको बजेट पारित
६ असोज काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार पारित भएको छ ।
समय भन्दा केही ढिला भए पनि हालसम्मकै ठुलो बजेट बोर्डद्वारा पारित भएको बोर्ड बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
बोर्डले २ अर्ब १ करोड २३ लाख ४५ हजार बजेट पारित गरेको हो । बोर्डले अन्तराष्ट्रिय तथा आन्तरिक प्रबर्द्धन, अनुसन्धान, जनसम्पर्क तथा प्रचारप्रसार, उत्पादन, इभेन्ट र कर्पोरेट गरि ६ वटा क्षेत्रमा खर्च गर्नेगरी बजेट पारित भएको बताइएको छ ।
विविध कारण केही समय ढिला आए पनि सौहाद्र रुपमा सर्वसम्मत ढंगबाट बोर्ड बैठकले बजेट पारित गरेको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए ।