माओवादी स्मारकमा ‘बुलडोजर’


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
2.2K
SHARES

३ पुस काठमाडौं । भारतीय राज्य छत्तीसगढमा सत्तामा आएपछि भारतीय जनता पार्टी (भाजपा) को नयाँ सरकारको ‘बुलडोजर एक्सन’ले चर्चा पाइरहेको छ। अहिले त्यहाँको प्रदेश सरकारले माओवादीको स्मारक भत्काउन बुलडोजर प्रयोग गरिरहेको छ। डिसेम्बर ३ मा छत्तीसगढको चुनावी नतिजामा भाजपा विजयी भएको हो। त्यसको भोलिपल्टै भाजपाको प्रदेश सरकारले राजधानी रायपुरमा अतिक्रमण हटाउन बुलडोजर चलाएको हो।

यस्तै कारबाही दुर्ग र बिलासपुर सहरमा डिसेम्बर ५ मा सुरु गरिएको र भारी वर्षाको बीचमा पनि जारी राखिएको बीबीसी हिन्दीले जनाएको छ।  अहिले बुलडोजर घना जंगलमा पनि प्रवेश गरेको छ। सोमबार माओवादी प्रभावित सुक्मा जिल्लाको सलाटोङ गाउँको मध्यभागमा बनेको माओवादी स्मारक बुलडोजरले भत्काइएको छ।